Sunday, August 26, 2012

~गजल~


तिम्रै यादमा कल्पी कल्पी कति बिते रातहरु,
मायाको बदलामा किन आए घातहरु !!

भन्थ्यौ पहिले तिमीलाई जीवन भरी दिन्छु साथ,
तर आज म दु:खीलाई किन हान्यौ लातहरु !!

सँगै जिउने बाचा गरि थाप्ने गर्थ्यौ तिम्रा हात,
तर उर्लिंदै छन् रिसका किन मातहरु !!

जस्तो दु:ख परे पनि दिन्छु भन्थ्यौ तिमीले साथ,
तर आज भिरमा लगी छोड्यौ किन हातहरु !!

तिम्रै यादमा कल्पी कल्पी कति बिते रातहरु,
मायाको बदलामा किन आए घातहरु !!

No comments:

Post a Comment