Sunday, August 26, 2012

गजल ...


रुदिन भन्थे हास्न पनि सकिन /
साइनो नयाँ गास्न पनि सकिन //

पालुवा उन्को लाग्यो अरे मायामा /
बनेर स्वार्थी लाछ्न पनि सकिन //

दिएर गयो कस्तो प्रित अनौठो /
मृत्युको बिज मास्न पनि सकिन //

तस्बिर उन्को छाती भरि राखेछु /
बद्लेर अर्को टास्न पनि सकिन //

निस्वार्थ थियो,माया मेरो उनलाई //
गोमन बनी डस्न पनि सकिन //

No comments:

Post a Comment