Monday, August 27, 2012

गजल....

कति भूल्न सक्छ्यौ मलाई,था’ हुनेछ हेर्दै जाउ ।
उति उति याद मेरा, आउनेछ हेर्दै जाउ ।

तनका भोगी हुन्छन् सवै,मबाहेक तिमीसँग ।
कस्ले पो दिलले माया,लाउनेछ हेर्दै जाउ ।

स्मृतीको तरेलीमा,मेरै यादले सताउदा ।
तिम्रो मनले पीडा कति?,पाउने छ हेर्दै जाउ ।

मलाई भूलें भन्दै तिमी,ती ओठले सुसेल्दानी ।
मेरै गीत तिम्रो मनले,गाउनेछ हेर्दै जाउ ।

मथेर पो चिन्ता गर्ने,तिम्लाई दुख पर्दाखेरी ।
ख्याल राख्न अव को पो?,धाउनेछ हेर्दै जाउ ।

भेटीएनी कोही अरु,आफ्नो स्वार्थ पूरा गर्न ।
तिमीलाई मियो बनाई,दाउनेछ हेर्दै जाउ ।

No comments:

Post a Comment