बाहीरी आवरणले हैन माया,मनको नाताले हुन्छ भन्थे ।
एक अर्काको नजिक घुमी,दिलले दिललाई थुन्छ भन्थे ।
हिड्दा हिडदै एउटै बाटो फरक परेछ भने यात्रा ।
टाढा पुगे पनि माया,मनले मनलाई छुन्छ भन्थे ।
संगै जिउने संगै मर्ने, दुई मुटु – एक हुदाँ ।
दुख्दा एउटा मुटु अनि,अर्को मुटु रुन्छ भन्थे ।

माया गर्नेले भुले पनि एकपललाई चोखो माया ।
देखे एकले सपना फेरी,अकोले चाहिँ बुन्छ भन्थे ।
विश्वासमा नै समर्पित भई जुनी काट्न सहारा माग्दा ।
भगवानले पनि त साँचो मायाको,पुकार सधैं सुन्छ भन्थे ।

खड्क भलञ्जा छन्त्याल,यु.ए.ई
No comments:
Post a Comment