Monday, August 27, 2012

गजल -

****उनै सँग****

म खोज्छु अझै नि ,साथ उनै सँग ।।
सम्झन्छु बितेका, रात उनै सँग  ।।


को माथि को तल,जान्दिन केहि ।
छ मेरो मिलेको, जात उनै सँग ।।


तयार छु सहन उनैको प्रहार ।
बाढ्नेछु खुसी र घात उनैसँग  ।।


नशामा रमाउँने, आदतै बसिगो ।
मलाई छ प्यारो, मात उनै सँग ।।


थाहै नपाई म, पागल भएँछु ।
साँचेर सपनाका, खात उनै सँग ।।
 
                                                खड्क छन्त्याल,बाग्लुङ
                                                हाल: युएई

No comments:

Post a Comment