Monday, August 27, 2012

गजल...

 
 हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे पनी !
 दुख्ने मुटु दुखिरन्छ्, आफै संग भागे पनी !!

भन्छन सबै मर्छु म त, तिमीलाई न पाएपछि !
 भने जस्तो कहाँ हुन्छ, पाउने ईछ्या जागे पनी !!

हुने कुरा भई हाल्छ, समय नै ओखती हो !
 फर्कीदैन हिजो फेरि, संसार नै त्यागे पनी !!

सबै कुरा कहाँ दिन्छन, चाहे जती मानीसलाई !
हातै जोडि फूलपातीले, देउता संग मागे पनी !!

देखि राम्रो उफ्रिदैमा, जुनलाई छुन सकिदैन !
 टेक्नु पर्ने धर्ती मै हो, जती फड्को नागे पनी !!

No comments:

Post a Comment