Sunday, August 26, 2012

गजल....

विश्वास थियो हरपल मलाई तिम्रो साथमा ।
सम्झनाको चिनो एउटा अर्पि आएं हातमा ।।

समर्पण गर्छु भन्थे अनगिन्ति मनका चाह ।
साभार भए आज केवल शब्दहरुकै खातमा ।।

गाँठो पारी मुटुभित्र माया खोल्न नसकेनी ।
कुरा गर्छु जुन हेर्दै अचेल एक्लै रातमा ।।

दिने छैन ढल्न अब बिशवासको पर्खाललाई ।
बुझीसकें कति चोट पर्छ हजुर घाटमा ।।

विश्वास थियो हरपल मलाई तिम्रो साथमा ।
सम्झनाको चिनो एउटा अर्पि आएं हातमा  ।।

No comments:

Post a Comment