Monday, August 27, 2012

गजल....



कस्तो अनौठो सुन्यता जीबनको,
बिराएछु बाटो कता जीबनको !!

पर्खाई असजिलो,कम्जोर मनमा,
सहदैछु कठोर ब्यग्रता जीबनको !!

मनको ज्वालाले पोल्दछ मुटु,
हुँदैन किन शिटलता जीबनको !!

पलहरु खुशीका भाग्दैछन दुर,
किन बढ्दैछ बिबसता जीबनको !!

देख्दैछु घृणित रुप,तुच्छ कुरुप,
बाकी छ केबल नग्नता जीबनको !!

No comments:

Post a Comment