Tuesday, August 28, 2012

जिन्दगी एक नाटक…

जिन्दगी भन्थे नाटकको पात्र रहेँछु आखिर ॥
नजान्दा नाँच्न मनको काँडो भएँछु आखिर ॥

मौसमी गीत म हैन भन्छु मान्छेको जीवन,
नमान्दा गाउन शत्रुमा तिम्रो परेँछु आखिर ॥

फरक कति जीउने कला जीवन र जगत्मा,
नबुझ्दा कला विषको प्याला बनेछु आखिर ॥

विजय गर विषाद माथि सपना हो जीवन,
सत्य र निष्ठा साँचेर कसुर गरेँछु आखिर ॥

साकार गर कर्तव्य निभाई जीवन-संघर्ष ,
स्वीकारी हाँक मनमा दुःख भरेँछु आखिर ॥

No comments:

Post a Comment