Monday, August 27, 2012

गजल......


हिजो जस्तो,आज पनि त्यसरी चल्दै छ !
 सन्ध्याको आगमनसगैँ,रात उसै ढल्दै छ !

बस्ती वाक्लो,तर आफु एक्लो भएको छु !
 मदहोसी ले यहाँ हरेक प्रहर छल्दै छ !

सम्झनामा पल्पल मुटु दुखि रहने !
 वाहिर हाँसे नि वरै भित्री मन जल्दै छ !

भो अब धेरै नसताउ न प्रिय तिमी !
 आखिर दुई मन आज,एक्तिरै गल्दै छ !

मिलनका ती क्षणहरु,परेलीमा सजाउँदै !
 तिम्रै प्रतिक्षामा,दियोहरु अझै बल्दै छ !

No comments:

Post a Comment