Tuesday, August 28, 2012

गजल....

मिर्मिरे बिहानीमा लाँलीसरि खुल तिमी ।
सुमार्गमा पाइला राख्दै भीरैमा नि फूल तिमी ।

प्रगतिका पाइलाहरु लम्किरहुँन सँधैसँधै ।
गन्तब्यमा पुग्नलाइ गाउँवस्ती डुल तिमी ।


ठुलालाइ आदर गर्दै सद्भावले मिठो बोल ।
ज्ञानी बन्दै समाजमा सबैसँगै घुल तिमी ।

संघर्ष हो जिन्दगानी अघि बढ सहासले ।
जाँगरले शिखर टेकी अतीतलाइ भुल तिमी ।

झुलिरहोस् जिन्दगीमा ,ऋतुहरु बहार बनी ।
सुगन्धिला बगैचामा रमाएर झुल तिमी  ।

                          खड्क छन्त्याल,बाग्लुङ
                          हाल : दुबई,युएई

No comments:

Post a Comment