प्रिय प्रबिना ,
अन्तिम पटक सुमधुर संझना !
नचाहँदा नचाहँदै प्रिय पत्र कोर्न बाध्य भएको छु । सुरुआत कता बाट गरौँ म त
दोधारमा परेको छु ।के लेखौँ के नलेखौँ अन्योलमा परेको छ यो मेरो मन ।
हेर न यति लामो समयको बोलचाल अनि माया हाम्रो ! देख्ने हरुले त भने
हामीलाई कस्तो माया यिनिहरुमा भने होलान् , तर मलाई सोच्न बाध्य पार्यो आज,
के वास्तविकता मा हामी दुई बीच माया थियो त ? एउ
टा
प्रश्न उठेको छ मेरो मनमा ! जुन प्रश्न को जवाफ मैले अहिले सम्म पनि पाउन
सकेको छैन , सायद त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु ।
खै के भनौँ अब हेरन यत्रो लामो समयको बोलचाल , माया त नभनौँ सायद , किन कि
माया त मैले कहिल्यै पनि देखिन् । म पागल सरि एकोहोरो माया गरिरहे
तिमीलाई, सायद तिम्रो मायामा पागल नै थिए होला , त्यसैले भुलेछु, एक तर्फि
प्रेम कहिल्यै सफल हुन्न भनेर !ठिकै छ, आखिर अब तिमी बिना बाँच्नु नै मेरो
लागि उचित हुन्छ जस्तो मलाई लाग्छ । गाह्रो, त्यो आफ्नो ठाउँमा छ, तर मैले
कोसिस गर्नु पर्छ किन भने नत्र मेरो यो एक तर्फि मायाले मलाई जिउँदो लास
बनाउने छ !
आखिर यहाँ निर आएर मेरो हार भएको देख्दै छु । तिम्रो सबै
बितेको कुरालाई भुलाई म स्विकार गर्न तयार थिए , किन कि जीवनमा कसैलाई आँफु
भन्दा धेरै माया गरेको थिए त , त्यो तिमी थियौ , केवल तिमी ! जब तिमी पनि
बितेका कुरा भुलाई साथ दिनको लागि तयार भयौँ , तव म साँच्चै, आखिर हाम्रो
मायाले अब बाटो पाउँदैछ भन्ने ठाने । सोच् आखिर सोच् मानै सीमित भए, अनि
जति बोलिन्थ्यो अनि माया दर्साइन्थ्यो ती सब केवल बोल्न र सुन्न मा मात्र
रहे कति सुन्दर हुन्थ्यो होला यो जीवन ! बास्तबिकतामा तिमी अझै पुरानो
यादहरुको सहारा मा अल्झकेो मैले पाए !
सायद मेरो मायामा कुनै कमी
थियो या त तिम्रो बोलीले मलाई स्विकार गर्यो तर हृदय बाट स्विकार गर्न
सकेन जस्तो मलाई लाग्छ ! समग्रमा म तिम्रो हृदयमा बस्न सकिन् । तिम्रो
हृदयमा त सधैं तिम्रो अतीत बसिनै राखेको म देख्दैछु !
तिमी र म बीचको
दुरी गजब थियो । मिलनका आशा हरु कम मात्र अल्झिरहेको थियो, तै पनि माया
गर्थै तिमीलाई त्यसैले आशाको दियो बलिनै रहेको थियो ! हेर न, आखिर माया -
माया नै हो नि त त्यसैले फोन पनि गर्दथे , अनि जिस्का जिस्कि गरि हाँस्दा
आकाश मा उडेको पंक्षी सरह महसुस गर्थे , अनि बेलाबेला मा संझाउथ्यौ तिमीले,
तिम्रा ती शब्द सुन्दा म त्यसै त्यसै मोहित भएको थिए । तर अब बुझ्छु र
संझना गर्छु, ती शब्द मिठास आज कहाँ हराए, थाह छैन, केवल खल्लो पन मात्र
महसुस गर्दैछु ।
शायद तिमीलाई माया भन्ने कुरा के हो थाह नै रहनछ
। १, २ वटा मेल गरी, मेसेज पठाई संझना दिँदै फोन गर्नु भन्दै मा माया
हुँदैन यहाँ ! "म पर्खी राखेको छु", "तिमी फर्कि आउ", यस्ता शब्दको प्रयोग
गर्दैमा माया गर्छौ भन्ने प्रमाणित हुदैन ! बारम्बार तिमीलाई म भन्दै छु ,
"म आउन सम्भव छैन" , तिमी आयौ भने मिलन छ नत्र यी सबै कथा बन्ने छ। तर आज
तिमी म भएको ठाउँमा आउनुको को लागी प्रयास नै नगरी अन्त जाने कोसिस गर्दैछौ
! यहाँ आउन तिमीले पाए पनि, नपाए पनि ,एक पटक तिमीले कोसिस गर्देको भए ,
मलाई लाग्थ्यो माया छ तिमीलाई पनि मेरो !
किन तिमीलाई म भन्दै छु
आखिर यी सबै कुरा हरु , उफ् यो मेरो माया मलाई अझै नै धोका दिँदै छ ।यस्तै
रहेछ जिन्दगी आखिर तिमी र म त्यही खोलाको दुई किनारा, एकले अर्कोलाई हेर्दै
माया जगाउँदै बस्ने तर संगम नभएको ! ठिकै छ अब तिमीलाई म मेरो जिन्दगी बाट
निकाल्दै छु । तिम्रो जिन्दगी मा त म कहिल्यै थिइन होला । असहनीय बेदना
लिई आज यो निर्णय गर्दैछु , सायद यो सबै मेरो गल्ती र भ्रम भयपनि, म
स्विकार गर्न तयार छु । अब तिम्रा त्यो झुटो मायामा, म मेरो जिन्दगी बाँच्न
चाहन्न , त्यसैले म तिमीबाट टाढा टाढा जाँदैछु तिमी सँग कहिल्यै नभेट्ने
गरी , सक्छौ भने मलाई भुलाई दिनु !
तिमीलाई धेरै माया गर्ने
खड्क छन्त्याल,दुबई